प्रधानमन्त्री ओलीसँग अमेरिकी उपविदेशमन्त्री बर्माले भेटघाट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटघाट थालेका छन् ।

प्रधानमन्त्री ओलीसँग बर्माको आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा क्षेत्रमा सहकार्य सम्भावना लगायत विषयमा कुराकानी भएको स्रोतले बतायो । ‘दिगो विकास रणनीतिमा नेपालले प्राप्त गरिरहेको उपलब्धिलाई कसरी तीव्रता दिने भन्ने विषयमा पनि कुराकानी भएको छ,’ बैठकमा सहभागी नेपाली टोलीका एक सदस्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *