मन्त्रिपरिषद् बैठकका १४ निर्णय

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमा जाने हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सो कुराको जानकारी दिनुभयो ।

त्यस्तै, बैठकले आगामी असोज ५ देखि १४ गतेसम्म बेलायतमा हुने लोकसेवा आयोगको अक्षता अभिवृद्धिसम्बन्धी कार्यक्रममा सहभागी हुन लोकसेवा आयोगका पदाधिकारीहरुलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

मन्त्री गुरुङले राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । उहाँले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता श्रीराम खनालाई नेपाल कानुन व्यवसायी परिषदको सचिव पदमा खटाउने निर्णय भएको बताउनुभयो । यससँगै मन्त्रिपरिषद् बैठकले अन्य १४ वटा निर्णय गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *