बाढी निरीक्षणका लागि रक्षामन्त्री राई सोलुखुम्बुमा

हिजो दिउँसो अचानक आएको बाढीका कारण विस्थापित भएका सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेका बासिन्दालाई आज राहत वितरण गरिने भएको छ।  नेपाली सेनाको हेलिकोप्टरमार्फत  रक्षामन्त्री मानवीर राई सहितको टोली राहत सामग्रीसहित खुम्बु पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

विस्थापित एकसय ४० जना आफन्तको घर र होटलमा बसेका छन्। उनीहरुलाई तत्काल खान र बस्नको समस्या नभएको प्रमुख जिल्ला अधिकारी पाण्डेले देवी पाण्डेले बताइन्। उनका अनुसार बाढीले एक जना बेपत्ता भएका छन्। २० वटा घर र होटल पूर्ण रुपमा क्षति भएको छ। ३ वटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिकमा क्षति पुगेको छ। प्रभावित क्षेत्रमा जाने बाटो, पुलहरुमा पनि क्षति पुगेको छ। थामे खोलाको बाढी मिसिएपछि दूधकोशीको तटीय क्षेत्रमा पनि क्षति पुगेको छ।

दूधकोशीमा पानीको बहाव बढ्दा खुम्बु क्षेत्र जाने एक मात्र पक्की पुलमा क्षति पुगेको छ । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा हिजो दिउँसो एक्कासी बाढी आएको हो । दिउँसोको घटना भएको हुनाले ठूलो मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बाढी आएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय थाम्बुचे, नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *