मनसुनी वायुको प्रभावले आइतबार बिहान देशभर साधारणदेखि पूर्ण बदली भएको छ। बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ
साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा दिउँसो मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आइतबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको हुने पूर्वानुमान छ।