आज गाईजात्रा पर्व मनाइदै । नेवार समुदायले दिवङ्गत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाउने गरेको छ।
गाईजात्राका दिन विशेषगरी वर्ष दिनयता मृत्यु भएका आफन्तको स्मृतिमा झाँकीसहित जात्रा निकाल्ने प्रचलन छ। काठमाडौंमा मृतकको तस्विरसहित गाईको झाँकी हनुमानढोका दरबार परिक्रमा गराइन्छ। दिवङ्गत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खानेकुरा र भेटी दान गर्दा पितृले मोक्ष पाउँछन् भन्ने मान्यता छ ।