माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)को प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुँदैछ।

साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको लागि प्रदेशस्तरीय परामर्श समितिको बैठक बोलाउने निर्णय गरे अनुसार आज बागमती प्रदेशको बैठक बस्न लागेको हो।

त्यसअघि अहिले पदाधिकारी बैठक बसिरहेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।  पदाधिकारी बैठकपछि बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसहितको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुने पौडेलले बताए।  भोलिसम्म चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय तथा प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन्।

बागमतीको बैठकपछि उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा रहेका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते बस्ने तय भएको छ।  त्यसपछि गण्डकी प्रदेशको बैठक भदौ ९ र १० गते बस्नेछ।

प्रदेश परामर्श समिति र मोर्चा कमिटीहरूको बैठक असोज ३ गतेसम्म सम्पन्न गर्ने माओवादीको लक्ष्य छ। ति बैठकमा आएका रायसुझावसहितको विमर्शपछि केन्द्रीय समिति बैठक बोलाउने माओवादी केन्द्रको तयारी छ।

थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *