प्रतिनिधि सभाको बैठकमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले राखेका प्रश्नको जवाफ दिने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तर हुने सम्भावित संघीय संसद्को कार्यसूचीमा उल्लेख छ।
प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद- ९ प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था छ।
यसअघि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन बुधबार प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
बिहीबारको बैठकमा त्यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ।