हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरी गाउँमा पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँ नजिकै रहेको पोखरीमा डुबेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथको खिङ्गाका ३५ वर्षीय विकल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
साथीहरुसँगै पौडी खेल्न पुगेका गुरुङ पौडी खेल्ने क्रममा अचानक पोखरीमा डुबेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक(डिएसपी) भोजराज पाण्डेयले जानकारी दिनुभयो ।