कमला नदीमा नयाँ पुल बनाउने सहमति

मधेश प्रदेश सरकार र कमला नदीमा नयाँ पुल निर्माणको लागि आमरण अनसनरत संघर्ष समितिबीच शुक्रबार चार बुँदे सहमति भएको छ । सहमतिपछि भदौ ४ गतेदेखि जारी आमरण अनसन स्थगित भएको छ ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंह र संघर्ष समितिका संयोजक परविनकुमार मोरबैता यादवले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ।

हस्ताक्षरित चार बुँदे सहमतिमा कमला नदीमा नयाँ पुल निर्माण गर्ने, पुल निर्माणका लागि आवश्यक बजेट आगामी आर्थिक वर्ष २०८२–८३ मा राख्न संघ सरकारमा पहल गर्ने सहमति भएको छ ।

संघबाट बजेट प्राप्त नभएमा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारको स्रोतबाट व्यहोर्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *