तनहुँमा यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु

तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले २७ जनाकै मृत्यु भएको थाहाखबरलाई जानकारी दिए।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन्।

घाइते १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। उनीहरूको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए।

पोखराबाट काठमाडौँका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो।

मृत्यु हुने सबैको शव आँबुखैरेनीमा राएिको छ। भारतीय बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको पाइएको छ। २ दिन पोखरा बसेर आज काठमाडौँ आउँदै गर्दा बस दुर्घटनामा परेको हो। २ वटा बस सँगसँगै आउँदा एउटा दुर्घटनामा परेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *