दुर्घटनामा परी ज्यान गुमाएका भारतीय यात्रुको शव भारत लैजान भरतपुर विमानस्थल लैजान थालिएको छ ।
भरतपुर अस्पतालका सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले भरतपुरमा पोेष्ट मार्टम गरिएको शवलाई प्लाष्टिममा बेरेर बाक्सामा राखी भरतपुर विमानस्थल पठाइएको जानकारी दिनुभयो ।
“अहिले शव लिन भारतबाट विमान आउँदै छ । पोष्टमार्टम गरिएका शवहरुलाई अहिले भरतपुर विमानस्थल पठाइदै छ”, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पौडेलले भन्नुभयो ।
अहिले पोष्टमार्टमको काम सकिएको र शव बाक्सामा राखेर भारत पठाउन लागिएको पनि उहाँले जनाउनुभयो ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका परी २७ जना भारतीय नागरिकको मृत्यु भएको थियो । मृत्यु भएका शवको भरतपुर अस्पतालमा शनिबार विहानैदेखि फरेन्सी विज्ञ डा. कश्यप श्रेष्ठको नेतृत्वमा रहेको तीन सदस्यीय चिकित्सकहरुको टोलील पोष्टमार्टम गरेको थियो पोष्टमार्टम सकिएसँगै शवलाई भारत लग्न लागिएको हो ।
शवलाई भरतपुरबाट हवाइमार्फत सोझै भारतको महाराष्ट्र लगिने छ । शव लिन भारतबाट सिधै विशेष विमान भरतपुर विमानस्थलमा आउने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिनुभयो । विमान शनिबार दिउासो ३ः३० भरतपुर विमानस्थल आइपुग्ने छ ।
शुक्रबार आबुखैरेनिमा भएको वस दुर्घटनामो २७ जनाको मृत्यु भएको थियो । मृतकमध्ये सबै भारत महाराष्ट्रका भएकाले उनिहरुको शव भारत नै पठाउन लागिएको हो ।