राष्ट्रपति रामचन्द्र पौडेलले महिनाको एक दिन सार्वजनिक स्थलमा पुगेर नागरिकसँग संवाद गर्ने भएका छन्।
‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमअन्तर्गत महिनाको एक दिन सार्वजनिक स्थलमा पुग्ने तय भएको हो। सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने उनीहरूको गुनासो सुन्ने छन्।
यही कार्यक्रमअन्तर्गत पहिलो पटक शुक्रबार उनी भक्तपुर दरबार क्षेत्र पुग्नेछन्। राष्ट्रपति पौडेल बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ