प्रदूषण कम गर्न हाइड्रोजन कार शुभारम्भ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको  ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार शुभारम्भ गर्नुभएको छ ।

विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो ।

कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो ।

प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिनुहुँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग हुने बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *