प्रधानमन्त्री ओलीले पलेशालाई ६५ लाख पुरस्कार दिने घाेषणा

तस्विर प्रधानमन्त्री केपी शर्मा ओलीकाे फेसबुकवालबाट
प्रधानमन्त्री केपी शर्मा ओलीले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु ६५ लाख पुरस्कार सहित सम्मान गरिने  बताउनु भएकाे छ उहाँले सामाजिक सञजाल फेसबुक मार्फत साे कुरा सार्वजनिक गर्नु भएकाे छ । नेपाललाई पहिलो पटक ओलम्पिक पदक दिलाउने पलेशालाई हार्दिक बधाई दिदै प्रधानमन्त्री ओलीले सरकारले उहाँलाई दिन लागेको रु ६५ लाख पुरस्कारमा लाग्ने कर छुट गरिने समेत जानकारी दिनु भएकाे छ ।
पेरिस पारा ओलम्पिक २०२४ मा काँस्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी  पलेशालाई नगदसहित सम्मान गरिने भएकाे हाे । पलेशाले गत शुक्रवार फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के–४४ विधाअन्तर्गत महिला ५७ किलोमुनिको तौल समूहमा काँस्य पदक प्राप्त गर्नु भएकाे थियाे ।।