नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय सदस्य र कोशी प्रदेश पार्टी पदाधिकारीको परामर्श बैठक शुरु भएको छ। उदयपुरको बेलका नगरपालिका–८ रामपुरमा एकदिने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक शुरु भएको हो।
आजको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा शुरु भएको माओवादी केन्द्र कोशी प्रदेशका इञ्चार्ज हरिबोल गजुरेलले बताए। बैठकमा पार्टीका महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा पनि उपस्थित छन्।
पार्टीको एकदिने परामर्श बैठकमा संगठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेश राईले जानकारी दिए।