एमालेको सचिवालय बैठक भदौ २८ गते बस्ने

फाइल तस्बिर

नेकपा (एमाले)को सचिवालय बैठक यही भदौ २८ गते बस्ने भएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुने गरी बैठक बस्न लागेको जानकारी दिनु भयाे।

बैठक ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो साढे १२ बजे बस्नेछ। यही भदौ १८ र १९ गते बसेको पार्टी पोलिटब्युरो बैठकमा आएका सुझावका आधारमा सचिवालयले वार्षिक कार्ययोजनालाई अन्तिम टुङ्गो लगाउने सहमति भएको थियो।