नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानडामा हुने त्रिकोणात्मक सिरिजका लागि आज क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरेको हो।
टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ) विकेटकिपर अर्जुन साउद र रिजन ढकालले पुनरागमन गरेका छन् भने देव खनाल ट्राभल रिजर्भ खेलाडीमा परेका छन्।
नेपालसँगै क्यानडा र ओमान रहेको त्रिकोणात्मक शृंखलमा नेपालले पहिलो खेल घरेलु टोली क्यानडासँग खेल्नेछ। क्यानले सोमवार सार्वजनिक गरेको तालिकाअनुसार खेल यही भदौ ३१ गते (सेप्टेम्बर १६) मा हुनेछ। नेपालले आगामी असोज २ गते (सेप्टेम्बर १८ मा) ओमानसँग, असोज ६ गते (सेप्टेम्बर २२ मा) क्यानडासँग र असोज ८ गते (सेप्टेम्बर २४ मा) ओमानसँग खेल्नेछ।