प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको उद्घाटन गर्नुभएको छ ।
साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई श्यैयायुक्त होटलको प्रधानमन्त्री ओलीले शनिबार आयोजित कार्यक्रमसबिच उद्घाटन गर्नुभएको हो ।
यस होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्री ओेलीले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको सुनाउनुभयो ।
प्रधानन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरु जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट गर्नुभयो ।