संविधान दिवसको अवसरमा सात सम्मानित

विभिन्न क्षेत्रमा ठुलो योगदान पुर्‍याउनुभएका बाँकेका सात जना वरिष्ठ व्यक्तिहरुलाई संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा विहिबार नेपालगन्जमा सम्मान गरिएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समिति बाँकेले आयोजना गरेको एक कार्यक्रममा उहाँहरुलाई सम्मान गरेको हो ।

यसरी सम्मानित हुनुहुनेहरुमा बाँकेका वरिष्ठ साहित्यकारहरु वरिष्ठ कथाकार सनतकुमार रेग्मी, उर्दूका वरिष्ठ शायर अब्दुल लतिफ शोैक, समाजसेवी तथा करिब २० करोडको जग्गादाता जयकेश सिंह, बाँकेमा सबैभन्दा बढी १७६ पटक रक्तदान गर्ने रक्तदाता गोपीलाल बैश्य, महिलाहरुमा सबैभन्दा बढी ६५ पटक रक्तदान गर्ने रक्तदाता सरिता ज्ञवाली, कोभिडको समयदेखि नै भेरी अस्पताल परिसरमा सस्तोमा राम्रो खाना खुवाउँदै आउनुभएका अन्जनी माता रसोईका सञ्चालक जितेन्द्र कुमारसिंह र योगमार्फत मानवसेवा निरन्तर क्रियाशील योग गुरु गिरिराज भट्टराई रहनुभएको छ ।

उहाँहरुलाई जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश चन्द्रबहादुर सारु, नेपालगन्जका मेयर प्रशान्त बिष्ट र संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेर सम्मानित गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *