सुन १ लाख ६० हजार ४ सयमा कारोबार

सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। भदौ ५ गते १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ भदौ ६ गते १ लाख ५८ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो।

यस्तै भदौ ७ गते १ लाख ५९ हजार २००, भदौ ८ गते १ लाख ५९ हजार ७०० कारोबार भएको थियो। आज छापावाला सुनको भाउ १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आज सुन प्रतितोला ७०० रुपैयाँले बढेको हो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *