बैतडीमा दसैं मनाउन भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा पुर्चौडी नगरपालिका– पुर्चाैडी–५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रविन्द्र केसीले जानकारी दिए ।
उनका अनुसार झुलाघाटबाट बैतडी सदरमुकामतर्फ आउने जिप पार्किङ हुने क्षेत्रमा हिँडिरहेको अवस्थामा चिप्लिएर महाकाली खसेका थिए । नदीमा खसेर बेपत्ता भएका धामीको खोजी कार्य भइरहेको छ । धामी खसेको ठाउँमा सडक माथिबाट पहिरो समेत खसेका कारण जोखिम रहेको प्रहरीले जनाएको छ ।