अखिल क्रान्तिकारीले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ ।
कीर्तिपुरमा जारी संगठनको २३औं राष्ट्रिय सम्मेलनमा प्रस्तावका लागि तयार बनाइएको विधानमा ३३ सदस्यीय पदाधिकारीसहित २४३ सदस्यीय जम्बो केन्द्रीय समितिको प्रस्ताव गरिएको छ ।
एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । विधानमा केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।
विहीबारबाट सुरु भएको सम्मेलनमा आज विधान र प्रतिवेदन पारित गरी नेतृत्व चयन प्रक्रिया सुरु गर्ने तयारी छ । निर्वाचनको तयारीसँगसँगै सहमतिको प्रयास पनि भइरहेको छ ।