तीन दिनको भारी वर्षा, बाढी, पहिरो र डुबानबाट ९९ जनाको मृत्यु भएको छ। ७२ जना बेपत्ता भएका छन् भने १०० घाइते भएका छन् ।
काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले जनाकारी दिए। काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाले ज्यान गुमाएका हुन्।
शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टोरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए । उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुईजना छन्।