कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका-४ डाँडाजाइका ५० वर्षीय रामदल रानाको मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् ।

किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए । उनी हात्ती धपाउन गएका थिए ।

घटनास्थलतर्फ प्रहरी गइसकेका उनले बताए ।