भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई परेको अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहने बताएका छन् ।नेपाली समकक्षी केपी शर्मा ओलीलाई पत्र लेख्दै भारतीय प्रधानमन्त्री मोदीले यस्तो सन्देश पठाएका हुन् ।
नेपालमा बाढी-पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि भारतीय प्रधानमन्त्री मोदीले सहानुभूति पत्र पठाएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिए ।