सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले नीतिगत व्यवस्था र कार्यक्रमिक रुपमा युवापक्षधरताका लागि काम गर्ने बताउनु भएको छ । उहाँले सो कुरा आज कैलालीको लम्कीमा आयोजित कार्यक्रम बताउनु भएको हो । परिवर्तनका लागि युवा सञ्जालको पहिलो अधिवेसको उदघाटन कार्यक्रमलाई संवोधन गर्दै उहाँले प्रदेश सरकारले बढदो वेरोजगारी, युवा विदेश पलायन जस्ता समस्या समाधनका लागि युवा केन्द्रित कार्यक्रम संचाल गर्ने बताउनु भयो ।
मुख्यमन्त्री शाहले प्रदेश सरकार स्थानीय तह र युवा वर्गले नेतृत्व गरेका संस्था मार्फत, शिक्षा, रोजागारी तथा विकासमा साझेदारीका लागि जहिले पनि सहकार्य गर्न तयार रहेको बताउनु भयो । सुदूरपश्चिम प्रदेश सरकारले विशेषगरी विपन्न, गरिब र मुक्त कमैयाका युवाका लागि रोजगारमुलक तथा सीपमूलक कार्यक्रम संचालनका लागि सहकार्य गर्न तयार रहेको बताउनु भयो । मुख्यमन्त्री शाहले बडघर पर्थाका व्यवस्थापनका लागि ऐन ल्याउन प्रदेश सरकार तयार रहेको बताउनु भयो । उहाँले मुक्त कमैयाको सम्मानजन पुनस्र्थापनाका लागि मुक्त कमैया पुनस्र्थापना ऐन ल्याएको समेत बताउनु भयो ।
कार्यक्रममा परिवर्तनका लागि युवा सञ्जालका तर्फबाट युवा सवाल र सरोकारका विषयमा प्रदेश युवा प्रतिष्ठान गठन गरिनु पर्ने, सबै स्थानीय तहमा सोही अधिकार सहितको पालिका युवा प्रतिष्ठान गठन गरिनु पर्ने, युवा जनशक्तिको सीप विकास र क्षमता परिणक्ष गरी सीप परिक्षण प्रमाणपत्र प्रदान गरिनु पर्ने, आदिवासी जनजाति र रैथाने ज्ञान र सीपलाई व्यवसायिक पेशाका लागि प्रतिष्ठान मार्फतक का मगर्न विशेष नीति र बजेट बनाउनु पर्ने लगायतका माग समेतको ध्यानाकर्षण पत्र मुख्यमन्त्री शाहलाई हस्तारण गरिएको थियो ।
अधिवेसनमा संघीय सरकारका पर्यटन तथा नागरिक उडेयन राज्यमन्त्री अरुण कुमार चौधरीले युवा शक्ति देशको परिवर्तनको मुख्य शक्ति भएकोले सबै तहका सरकारले युवापक्षर भएर काम गर्ने बताउनु भयो । सुदूपश्चिम सरकारका पूर्व भुमि व्यवस्था कृषि सहकारी मन्त्रीले रमेश्वार चौधरीले भमिपुत्र मुक्त कमैया, कमलहरी तथा थारु समुदायका सवालमा सबै तहका सरकारले जिम्मेवारीका साथ काम गर्नु पर्ने बताउनु भयो ।
लम्की चुहा नगरपालिकाका मेयर शुसिला शाहीले लक्षित वर्ग कार्यक्रममा मुक्त कमैया र विपन्न परिवारका युवा लक्षित कार्यक्रममा मार्फत युवालाई सहयोग गर्दे आएको र नगरपालिकाले परिवर्तनका लागि युवा सञ्जालले व्यवस्थित रुपमा कार्यक्रम संचालनका लागि कार्यालय भवन निर्माण सहयोग गर्ने समेत बताउनु भयो । उहाँले जहिले पनि युवाका सवालमा नगरपालिकाले सहयोग गर्दै आएको र आमी दिन समेत सहकार्यमा काम गर्ने बताउनु भयो ।
प्रथम अधिवेसनबाट चन्द्रप्रकाश चौधरीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । अधिवेसनबाट उपाध्यक्षमा सन्तोषी चौधरी, सचिवमा शिवलाल चौधरी, कोषाध्यक्षमा मिरा चौधरी, सदस्यहरुमा सचिन चौधरी, हरिकृष्ण चौधरी, प्रदिप चौधरी, रतनबहादुर चौधरी, दुरा चौधरी, रामकुमार चौधरी, अविनाश चौधरी र दिपु चौधरी निर्वाचित हुुनु भएको छ ।
अधिवेसनको सफलताका शुभकामना लम्की चुहा नगरपालिकाका उपमेयर जुना चौधरी वडाअध्यक्षहरु भगवानदिन चौधरी, रामप्रसाद चौधरी,प्यारेलाल चौधरी र प्राकृतिस्रोत द्वन्द्व रुपान्तरणका बल्लु चौधरी लगायले अधिवेसन सफलताको शुभकामना दिनु भएको थियो ।