नेपालले अमेरिकालाई १७ रनले जित्यो

नेपालले अमेरिकालाई टी–ट्वेन्टी आई सिरिजको पहिलो खेलमा १७ रनले पराजित गरेको छ।

टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा आज बिहान भएको खेलमा कप्तान रोहित पौडेलको ४९ रन र बलरको कसिलो बलिङमा अमेरिकालाई १७ रनले हराएको छ।

१६५ रनको विजयी लक्षसहित मैदानमा उत्रिएको घरेलु टोली अमेरिकाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो।  अमेरिकाका लागि श्याम जाहंगिरले नटआउट ६० रन बनाए पनि पर्याप्त भएन। अमेरिकाका एन्ड्रिज गौरले ३० रन बनाए।  नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।