बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको छ । शुक्रवार बिर्तामोड– १ स्थित बरपिपल चोकमा नेक मोहमदले सञ्चालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याट्रीमा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो । आगलागीबाट टिनले छाएको भुइँतले कपासको गोदामसहित फ्याक्ट्रीको टहरा पूर्णरुपले जलेर नष्ट भएको छ ।