पूर्वगृहमन्त्री लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराउने

फाइल तस्विर

सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा पुगेका छन्।

अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट अनुमति पाएसँगै शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरेर प्रहरीले लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा लगेको हो। शनिबार सार्वजनिक बिदा भएका कारण आइतबार मात्रै उनलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगेको प्रहरीले जनाएको छ।