कालीकोटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

कालीकोटको तिलागुफा नगरपालिका –६ खल्लामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेतबाट समान बोकेर जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लाको मोडबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

चालकका नाम बमवहादुर खड्का भने अपुस्ट खवर छ । स्थानीय जिवन शाहीले चालक बमवहादुर खड्का भएको बताउनुभयो । ट्रकमा रहेका तीन जना घाइते भएका छन । घाइते हुनेमा सहचालक रामवहादुर बिक, कालीकोट ठेगाना भएका आमा छोरी एकुमाया उपाध्याय र उहाँको छोरी ग्रिस्मा उपाध्याय रहेका छन् ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले दुर्घटनामा परी घाइते भएका तीनै जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाइएको बताउनुभयो ।