लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदै सिफारिस गरेका छन् ।
सिफारिस भएका नयाँ मन्त्रीहरु नेपाली काँग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास, कांग्रेसकै देवकरण कलवारलाई वन तथा वातावरण मन्त्रालय र जसपाका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान ८ बजे प्रदेश प्रमूखको कार्यालय बुटवलमा शपथको लागि तयारी गरिएको छ ।