प्रधानमन्त्री ओलीकाे चीन भ्रमणकाे पूर्वतयारीका लागि परराष्ट्रमन्त्री १३ जाँदै

फाइल तस्विर

परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जान लागेकी हुन् ।

उनले आफ्नो चीन भ्रमणबारे आजै बिहान पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा पनि जानकारी गराएकी थिइन् । परराष्ट्र स्रोतका अनुसार उनी १३ मंसिरमा चीनतर्फ प्रस्थान गर्नेछिन् । प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।