पूर्वीचौकी ६ काे वडाध्यक्षमा कांग्रेस थापा विजयी

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६ काे वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ कांग्रेस उम्मेदवार मोहन थापा ४ सय ६८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३ सय १ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका देवीलाल थापाले ३६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका जनकी खड्का कुँवरले ३१ मत प्राप्त गरेका छन् । यहाँ जम्मा ८ सय ३९ मत खसेको थियो । यो वडामा २०७९ मा पनि कांग्रेसले जितेको थियो ।