प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा निर्माण भएको बहुपयोगी १८ तले भवनकाे आज उदघाटन गर्नु हुने भएको छ। दमक नगरपालिका-३ दापगाछीमा १ अर्ब ४५ करोडको लागतमा निर्माण भएको हाे ।
‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन्।
सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले जानकारी दिनु भयो ।
प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गर्नु भएको थियाे ।