
नेपालमा जाडो बढदै छ । यो मौसममा परिवर्तनको क्रमसंगैँ जाडाे बढ्ने गर्दछ । यस्ताे माैसममा अधिकांश बच्चाहलाई निमोनिया, रुघाखोकी जस्ता समस्याहरुले सताउने गर्दछ । अन्य उमेर समुह भन्दा पनि अधिकांश बच्चामा उक्त रोगसगँ लड्ने क्षमता कमभएकाले अधिकांश यस्ता खाल्का समस्याबाट बच्चाहरु संक्रमित हुने गर्दछन् ।
चिसोबाट बच्चाहरुलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा बालरोग विशेषज्ञ डाक्टरहरुका सल्लाह ।
बच्चालाई चिसाे माैसममा कसरी जोगाउने ?
– यो चिसो मौसममा बच्चालाई URTI, ( रुघाखोकी) भाईरल ईन्फेक्सनका कारणले चाँडै संक्रमित, हुने गर्दछ । कोहि मानिस रुघाखोकिबाट संक्रमित छन भने उक्त व्यक्तिले बच्चाको बरपर नरहने ।
– बाहिरबाट आए पश्चात बच्चालाई बोक्दा हात राम्रो सँग धुएर मात्र बोक्ने गर्नु पर्दछ । बच्चाको पनि हातहरु साथै शरिर सफा पानि र कपडाले सफा गर्दिरहने ।
– अधिकांस बच्चाहरुलाई चिसो लाग्छ भनेर घर भित्र बन्द कोठा मा राख्ने गर्दछौ त्यस्ले अझ नकारात्मक असर पार्दछ । त्यसैले बच्चालाई कोठामा राख्दा झयाल, ढोका खुल्ला पारेर राख्ने साथै बाक्लो लुगा लगाइदिनु पर्दछ । बच्चाको सही रेखदेख नै उनीहरुलाई सिचो साथै विभिन्न समस्याबाट जोगाउन सकिन्छ ।
बच्चा बिरामी भएको कसरी थाहा पाउने ?
– बच्चाहरुको रोगसँग लड्ने शक्ति अलिक कम विकसित हुने भएकाले उनीहरुलाई चिसो मौसममा URTI, ( रुघाखोकी ) पटक पटक देखापर्ने गर्दछ र यसको आधारमा बच्चलाई चिसो लागेको भन्ने बुझिन्छ ।
– उनीहरुको दैनिकीमा परिवर्तन आउने गर्दछ जस्तै बच्चाले स्वास, प्रश्वास कसरी लिईरहेका हुन्छन् । साना बच्चाले १ मिनटमा ५० पटक भन्दा बढी स्वास फेरेको छ भने निमोनियाको लक्षण हुन सक्दछ । त्यो भन्दा कम छ भने निमोनिया नभएर रुघाखोकी मात्र हुनसक्छ ।
– रुघाखोकीसँगै ज्वरो आउन सक्छ, दिसापिसावमा खराबी जस्तै झाडापखाला अथवा वान्ता गर्ने जस्ता लक्षणहरु देखा पर्दछन् । ६ महिनाभन्दा मुनीका बच्चाहरुले नाकबाट स्वासप्रश्वास लिने भएकाले उनीहरुको नाक बन्द हुँदा राती सुत्न समस्या हुने गर्दछ । त्यसैले ६ महिना भन्दा कम बच्चाहरुको नाक सफा राख्नुपर्दछ ।
सचेत कसरी रहने ?
जाडो समयमा बच्चालाई कति आमाहरुले धेरै बाक्लो लुगा लगाइ दिने गरेको पाइन्छ । त्यस्तो गर्नाले बच्चाहरुलाई असहज हुने र निसासिने जस्ता समस्याहरु हुने गर्दछ । विभिन्न विज्ञहरुको खोज अनुसन्धानले बच्चालाई बाक्लो लुगा नलगउन नै भन्ने गरेको पाइन्छ । बच्चालाई सहज हुने किसिमका लुगा लगाईदिने जस्तैः तिन तहमा लुगा लगाई दिने सूरुमा पातलो भोटो जस्तो । दश्रो र तेश्रो अलिक सहज मोटो लगाईदिए बच्चालाई चिसो लाग्दैन ।
खानामा के खुवाउने ?
-इदि बच्चाहरुमा चिसोको एलर्जी छ भने चिसो खान नदिने । अरु कुनै खाने कुराबाट एलर्जि छ भने त्यस्ता चिज खान नदिने ।
– अमिलो, पिरो खाननदिने । तातो जाउलो, सुप, साथै गेडागुडीको झोल खुवाउने ।
– तत्काल नै बच्चालाई एन्टिवाइटिक नखुवाउने ।
– सामान्यतय बच्चाहरुमा मौसम परिवर्तनसगैँ स्वास्थ्यमा तलमाथी भै नै रहन्छ । तर साधारण रुघाखोकीको समस्या हुँदा कतिपय अभिभावकहरुले बच्चालाई नजिकको औषधी पसल लग्ने र बच्चालाई एन्टिबाईटीक चलाउने गरेको पाइन्छ ।
– बच्चालाई तत्काल एन्टिवाइटीक जस्ता औषधी चलाउन राम्रो होईन । भोलीका दिनमा एन्टीवाइटिक चलाएका बच्चाहरुलाई नकारात्मका असर पर्न जान्छ । जस्का कारण एन्टिबाइटिक रेसिसटेन्ट भएर कडा खालकोे औषधीचलाउनुपर्ने अवस्था सृजना हुन्छ ।
– रुघाखोकी लागेमा वा विरामी भएमा बच्चाहरुलाई सकभर चाँडै नजिकको अस्पतालमा जाँचगर्न लैजाने ।