बेलायती राजकुमारी र राजकुमार भ्रमणमा नेपाल

बेलायती राजकुमारी सोफिया नेपाल आइपुगेकी छिन् । उनी निजी भ्रमणमा नेपाल आएकी हुन् ।

सोफिया बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् । उनका श्रीमान राजकुमार एडवार्ड केही बारेमा नेपाल अवतरण गर्दैछन् ।

राजकुमारीलाई परराष्ट्रसचिव अमृत कुमार राईले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । राजकुमार दम्पत्तिले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने कार्यक्रम तय भएको छ भने काठमाडौ तथा पोखरा भ्रमण गर्ने बताइएको छ ।