जापान भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेल नेतृत्वको टाेली र जापान-नेपाल विकास मञ्चका सभापति एवं संसदीय पूर्व उप-अर्थमन्त्री मोतोयुकि ओदाचिबिच जापानी लगानी नेपाल भित्र्याउने बारे छलफल भएको छ ।
छलफलमा जापानका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी, नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य पाठक, प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरूसहित एक उच्चस्तरीय छलफल सम्पन्न भयो।
नेपालमा लगानीका सम्भावनाहरूलाई केन्द्रमा राख्दै आयोजित यस महत्वपूर्ण बैठकमा विशेष गरी शैक्षिक, आर्थिक, सांस्कृतिक, प्राविधिक तथा कृषि क्षेत्रका विषयमा विस्तृत छलफल गरियो। नेपालमा विदेशी लगानीको प्रवर्धन गर्दै औद्योगिक विकास, रोजगारी सृजना तथा प्रविधि हस्तान्तरणमा जापानी सहयोगलाई अझ प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइयो।
महासचिव पोखरेलले नेपालमा लगानीका लागि राजनीतिक स्थायित्व, नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माण गर्दै विदेशी लगानीकर्तालाई प्रोत्साहित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। जापानी प्रतिनिधिहरूले नेपालमा लगानीका विभिन्न सम्भावनाहरूप्रति चासो व्यक्त गर्दै आगामी दिनमा सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
यो छलफल नेपाल-जापान सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने दिशामा एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास गरिएको महासचिव पाेखरेलकाे सचिवालय प्रमुख सराेज रेग्मीलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नु भएको छ ।