पूजाको अर्धशतकमा नेपालले नेदरल्याण्ड्सलाई दियो १४६ रनको लक्ष्य

त्रिकोणात्मक टि-२० शृङ्खलाअन्तर्गत पाँचौ खेलमा नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको चुनौती दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा  टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा १४५ रन बनाएको हो। नेपालका लागि पूजा महतोले अर्धशतक बनाउनुभयो। ५१ बलको सामना गर्नूभएकी महतोले पाँच चौकाको मद्दतमा ६२ रन बनाउनुभएको हो।

कप्तान इन्दु बर्माले ३७ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ३९ रन बनाउनुभयो भने रुबिना क्षत्रीले भने १७ बलमा २० रन बनाउनुभयो।

बलिङतर्फ नेदरल्याण्ड्सका लागि आइरिस जुइलिङले दुई विकेट हात पार्नुभयो भने क्यारोलिन डे लेङ र हेदर सिजर्सले एकएक विकेट हात पर्नुभयो। अहिले केहीबेरमा नेदरल्याण्ड्सले जवाफी ब्याटिङ गर्दैछ।