केपी ओली कपको फाइनल खेल आज हुँदैछ । दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् ।
मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
त्यस्तै, शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
फाइनल खेल अवलोकनका लागि इटालीलाई विश्वकप जिताएका लेजेन्ड गोलकिपर जियालुजी बुफोन आइतबार नै काठमाडौं आइपुगेका छन् ।
आज फाइनल खेलअघि दशरथ रंगशालामा सांगीतिक प्रस्तुति समेत हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जानकारी दिएको छ ।