स्ववियु निर्वाचन: आज उम्मेदवारी दर्ता हुँदै(अनेरास्ववियुका उम्मेदवारकाे नामावली)

त्रिभुवन विश्वविद्यालय अन्तर्गत क्याम्पसमा चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।

प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुनेछ ।

अनेरास्ववियुले उम्मेदवार टुंग्याएका क्याम्पसका स्ववियुका अध्यक्षहरू(सेताेपार्टीबाट)
१) त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुर– सिद्धान्त भट्ट
२) रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनी मार्ग– लोकेश खड्का
३) रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर– पुरूषोत्तम चौधरी
४) ठाकुराम बहुमुखी क्याम्पस वीरगञ्ज– पवन यादव
५) ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु– बैकुण्ठ खनाल (अशोक)
६) पशुपति बहुमुखी क्याम्पस चाबहिल– सोनाम मोक्तान
७) महेन्द्र बहुमुखी क्याम्पस दाङ– सागर पण्डित
८) पूर्वाञ्चल क्याम्पस धरान– ईश्वर बञ्जाडे
९) नेशनल कलेज अफ् इन्जिनियरिङ–सुफल पौडेल
१०) कोटेश्वर बहुमुखी क्याम्पस– शर्मिला भण्डारी
११) पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा– अनुप न्यौपाने
१२) लुम्बिनी  वाणिज्य क्याम्पस बुटवल– योगेन्द्र रायमाझी
१३) अमृत साइन्स  क्याम्पस लैनचौर– रुद्रहरि पोखरेल
१४) शंकरदेव क्याम्पस पुतलीसडक– बालकृष्ण खड्का
१५) जनप्रिय क्याम्पस पोखरा– आविष्कार केसी
१६) मकवानपुर बहुमुखी क्याम्पस हेटौंडा– प्रशिद्ध रेग्मी
१७) एनआर क्याम्पस बालाजु– निरोज श्रेष्ठ
१८) त्रिचन्द्र क्याम्पस घन्टाघर– प्रमित विष्ट
१९) दमक बहुमुखी क्याम्पस झापा– निसम अधिकारी
२०) सहिद नारायण पोखरेल बहुमुखी क्याम्पस सैनामैना– विज्ञान पाण्डे
२१) सिम्ता बहुमुखी क्याम्पस सुर्खेत– रुद्र रावत
२२) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा– अनुजा अर्याल
२३) वालिङ बहुमुखी क्याम्पस स्याङ्जा– विष्णु पंगेनी
२४) नेपालगञ्ज नर्सिङ क्याम्पस–देवार्चना अधिकारी
२५) दिव्यज्योति बहुमुखी क्याम्पस नवलपरासी– सन्दीप देवकोटा
२६) जनसेवा बहुमुखी क्याम्पस बर्दिया– प्रदीप खड्का