त्रिविका ४६ आङ्गिक र ​सम्बन्धनप्राप्त २५० क्याम्पसमा निर्वाचन शुरु

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ।

बिहान ८ बजेदेखि ४६ आङ्गिक र ​सम्बन्धनप्राप्त २५० क्याम्पसमा निर्वाचन शुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिनु भयो । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज पनि अहिलेसम्म शान्तिपूर्ण तरिकाले निर्वाचन भइरहेको छ ।