ज्ञानाेदय बहुमुखी क्याम्पसकाे अध्यक्षमा महताे निर्वाचित

बाँकेको ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)काे निर्वाचनमा अध्यक्षमा अनेरास्ववियुका सर्बिन महतो विजयी हुनुभएको छ। उहाँ अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका उम्मेदवार महतोले ११२ मत प्राप्त गरेर विजयी हुनु भएको हाे ।

यसैगरी सचिवमा सविनकुमार खत्री, कोषाध्यक्षमा ममता कार्की र सदस्यमा कसिस लामा, निरुता रावत, आस्थाकुमारी थारु विजयी हुनु भएको छ ।

महताेकाे प्यानल अनेरास्ववियु क्रान्तिकारी नेतृत्वको संयुक्त प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार मो आसिफ साइले ६४ मत प्राप्त गर्नुभयो। निर्वाचन समितिका अनुसार २०१ मतदाता रहेकोमा १७७  मत खसेको थियो।