एमाले आज ६ हजार ७४३ वडामा कार्यक्रम गर्दै

नेकपा (एमाले)ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनचेतना जगाउन देशव्यापी कार्यक्रम गर्दैछ । मुलुकमा राजावादीहरूले भ्रम सिर्जना गरेको भन्दै उक्त भ्रम चिर्न र गणतन्त्रको पक्षमा सचेतना जगाउन एमालेले अभियान चलाउने भएको हो ।

आज चैत ११ गते सोमबार एकै दिन एकै समय देशैभरका ६ हजार ७४३ वडामा सचेतना कार्यक्रम गर्न लागेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार सचिवालय बैठकको निर्णयअनुसार वडाहरूमा सभा, गोष्ठी र प्रदर्शन लगायतका चेतनामूलक कार्यक्रमहरू हुनेछन् ।