केशरजंग शाह, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) महेन्द्र बहुमुखी क्याम्पसकाे निर्वाचनमा अनेरास्ववियु जस्तो बलियो संगठन र मन जित्ने व्यवहारलेनै मत पाएका हुन । विद्यार्थीबीच राजनीति सिद्धान्त, विचार र आन्दोलनबाट निखारिएकाे संगठनकाे नेतृत्व गर्ने अवसर पाउँनु उनका लागि ठूलो अवसर थियोे । यसका साथै आफुलाई विद्यार्थीबीच जब्बर नेतृत्व स्थापित गर्नका लागि अब्बल विवेक पुर्याउने तृष्णा क्षमताका कारण स्ववियु अध्यक्ष शाह विद्यार्थीका शैक्षिक सवालका साथै सामाजिक सहयोग तथा सदभावमा पनि निपुण छन् ।
स्ववियु अध्यक्ष भए पनि प्रतिकुल प्रशासनका कारण विगतमा पनि स्ववियु र प्रशासनबीच विभिन्न विषयमा तिक्तता हुँदै आएको थियो । त्यो तिक्ततालाई न्यूनीकरण गर्दै आगमी कार्ययोजना बनाउने ध्याउन्नमा रहेकै समय विद्यार्थी साथीकाे अनुरोधमा क्षीणभर समयमा रक्तदानका लागि उपस्थित भएको रक्तदान गर्नु भएको रक्तदान अभियान्ता महेशकुमार चाैधरीले जानकारी दिए ।
काेहलपुरस्थित मेडिकल कलेजमा उपचारार्थ विरामी दिलीप मौर्यलाई `वि नेगेटिभ´ रगतको आवश्यकता भएको अभियान्ता चाैधरी जानकारी गराउन बित्तिकै अध्यक्ष शाह तत्काल नेपाल रेडक्रस साेसाइटीकाे रक्तसञ्चार केन्द्रमा पुगेर रक्तदान गरि सहयोग गरेको स्ववियु सचिव चिरञ्जीवी बुढाले जानकारी दिए । दाइ र हामी स्ववियुकाे वार्षिक कार्ययोजना तथा विविध विषयमा छलफल गर्दै थियौं साेही समयमा रक्तदाता तथा अभियानकर्ता चाैधरीले रगतको आवश्यकता परेको त्यसको जाेहाे गर्न संवाद भए पछि दाइ हामीसँग रक्तसञ्चार केन्द्र पुगेर रक्तदान गर्नु भयाे भन्छन् सचिव चिरञ्जीवी बुढा । उनका अनुसार अध्यक्ष शाहले ८ पटक रक्तदाता गरेका छन् ।
रगत अभाव भएकालाई सहयोग गर्ने हामी जस्तै धेरै युवा नेपालगन्जमा सक्रिय छन कहिलेकसाे विरामीलाई आपत्कालिन अवस्थामा रगत चाहिएको हुन्छ त्यस्तोबेला विकल्प साथीभाइलाई भन्ने हाे । सबै विरामी र कुरूवाले रगत व्यवस्था गर्ने पहुँचमा हुँदैनन् । त्यस्ता अतिआवश्यक र विकल्प विहिनलाई रक्तदाताबीच समन्वय गराउनु मानवीय कार्य ठानेर सहयोग गर्ने बताउछन् अभियान्ता चाैधरी । उनका अनुसार आज पनि स्ववियु अध्यक्षले अति आवश्यक तर आपत्कालिन समयमा रक्तदान गरेर सहयोग गर्नु भयो । समृद्धि फाउन्डेसन नेपालका अध्यक्ष समेत रहेका चाैधरी आफ्नो संस्थाले विभिन्न समयमा रक्तदाता मार्फत संकलित रगत नेपाल रेडक्रस साेसाइटी रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गर्दै आएको छ । यसपटक स्ववियु अध्यक्षलाई आपतकालीन समयमा रक्तदान गरेर सहयोग गरेकोमा प्रशंसा सहित चाैधरीले संस्थाकाे तर्फबाट सामाजिक सञ्जाल मार्फत शाहलाई धन्यवाद व्यक्त गरेकाे छ ।