नेपाल आंशिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज चैत १४ गतेदेखि सुरु गरेको आन्दोलन आज क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएर दैनिक कार्य अवरोध सुरु गरिएकाे छ । ताला लगाएपछि आंशिक शिक्षकले जबसम्म समस्या समाधान हुँदैन तबसम्म ताला नखुल्ने बताएका छन् ।
आंशिक शिक्षकहरुले त्रिभुवन विश्वविद्यालयको २०७७ फागु ११ गतेका दिन रजिष्ट्रार कार्यालयबाट प्रेसित पत्रका आधारमा आंशिक्षक व्यवस्थापन गर्नु पर्ने विश्वविद्यालयको नीति कार्यान्वयनका लागि आफुहरु बाध्य भएर विभिन्न प्रकारका आन्दोलन गर्नु परेको संघका अध्यक्ष धनिराम थापाले जानकारी दिनु भयो । उहाँ अनुसार विश्वविद्यालयको यसै नीतिका आधारमा देश विभिन्न क्याम्पसहरुमा अध्यापनरत आंशिक शिक्षक निर्देशित विधाका आधारमा प्रक्रिया मार्फत करार नियुक्त भई सकेको बताउनु भयो । आंशिक शिक्षक भेषराज भुसालका अनुसार १८ वर्षदेखि अध्यापन गर्ने शिक्षकको क्याम्पस प्रशासनका यस्तै प्रकार आलटालले प्रवृत्तिका कारण सेवाबाट विदा हुनु पर्ने बाध्यता रहेको बताउनु भयो । त्रिविको यही आधारमा हामी जस्तै आंशिक शिक्षक करार नियुक्त पाएर शिक्षण सहायकको पूर्ण तलब सुविधा पाएका उदाहरण पनि छन । एकपटक हैन ३ पटकसम्म आंशिकलाई करारमा नियुक्त गरेका समेत नजिर त्रिविका आंगिक क्याम्पसमा उदाहरण छन तर त्रिविले आंशिकको व्यवस्थापन नीति अवलम्बन गरेदेखि यस क्याम्पसमा प्रमुख दोस्रो कार्यकालको नियुक्त बुझेर कार्यकाल सम्हाल्नु भएको छ । हाम्रो समस्या ज्यूका त्यू रहेका बताउनु हुन्छ अर्का आंशिक शिक्षक प्रकाश रेग्मी ।
विश्वविद्यालयका कमिकमजोरी होलान तर मुख्य समस्या समाधानको बाधक महेन्द्र बहुमखी क्याम्पस प्रमुख र यहाँको व्यवस्था रहेको छ । अध्यक्ष थापाका अनुसार ३ पटकसम्म प्राध्यापनरत विद्यार्थी शिक्षक अनुपात लगायतका विषयमा केन्द्रको प्रतिनिधि मण्डल आयो तर समस्या समाधान भएन । दुइ वटा उपकुलपति परिवर्तन भए समस्या जस्ताको त्यस्तै । विश्वविद्यालयले आन्तरिक रुपमा व्यापार गरेका जस्तो छ । एउटै क्याम्पस हात भित्र विभेदको शिक्षा छ । आत्मनिर्भरका नामामा व्यापार गरेको छ । आंगिक क्याम्पसका सबै भौतिक र शिक्षण जनशक्ति प्रयोग गर्ने तर आत्मनिर्भर नाममा शिक्षामा चरम विभेद भएको बताउनु हुन्छ आंशिक शिक्षक शुभास मिश्रा । उहाँ अनुसार भण्डारफोर अभियान मंगलबार छ त्यसमा हामी बाध्य भएर प्रशासनका गैरजिम्मेवारी कार्यको भण्डारफोर गर्ने बताउनु भयो ।
यस क्याम्पसमा करिब ७२ जना भन्दा बढी आंशिक शिक्षक कार्यरत छन । विश्वविद्यालयको नीति सबैमा विभेद छैन । हामीले परीक्षाको कपी जाँच गर्नमिल्ने, परीक्षा बनाउन मिल्ने, पढाउन जहाँ, जुनसमयमा जिम्मेवारी दियो त्यो पुरा गर्नु पर्ने तर हामीलाई क्याम्पसको छुट्टै नीति हैन विश्वविद्यालयको नीति कार्यान्वयन गर भन्दा किन यस क्याम्पसमा कार्यान्वयन नभएको भन्ने प्रश्न हैन, प्रशासनले जवाफ दिनु पर्दछ । हामी हाम्रो समस्या समाधानका लागि सबै विद्यार्थी, नागरिक समाज र राज्य विद्यामान अन्य न्यायीक निकायमा समेत पुग्ने बताउनु हुन्छ आंशिक शिक्षक भुसाल ।
विभिन्न समयमा वार्ता सम्वाद, सामुहिक, व्यक्तिगत र आस्थाका संगठन सहितको पहल कदमीको सुनुवाई नभए पछि आंशिक शिक्षक बाध्य भएर आन्दोलनको बाटो अबलम्बन गर्नु परेको अध्यक्ष थापाले जानकारी दिनु भयो । उहाँका अनुसार १४ गतेदेखि पहिलो दिन क्याम्पस प्रमुखलाई समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउने दोस्रो दिन १७ गते संवद सबै पक्षसँग छलफल तथा अन्तक्र्रिया तेस्रो कार्यक्रम कालो मास्क लगाई पठनपाठन सहितको रिले धर्ना चौथो कार्यक्रम तालाबन्दी आजदेखि प्रमुखको कार्यकक्षमा ताला लगाएइको छ । पाँचौ भण्डाफोर, परीक्षा सञ्चालनमा असहयोग, पठन पाठन बन्द अझै अन्तिमका आगमी बैशाख ९ गतेदेखि क्याम्पस हाता प्रवेशमा निषेध गर्ने कार्यक्रम रहेको छ । यी सबै आन्दोलनका कार्यक्रमको जानकारी प्रशासन, त्रि.वि.प्राध्यापक संघ म.ब.क्याम्पस इकाइ समिति, प्रजातन्त्रवादी प्राध्यापक संघ, प्रगतिशिल प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, सहायक क्याम्पस प्रमुख, बिभागिय प्रमुख र स्व.वि.यु. महेन्द्र बहुमुखी क्याम्पसलाई साथ सहयोग र ऐक्यवद्धताका लागि अनुरोध गरिएको छ । यसरी पनि आंशिक शिक्षकको समस्या नीतिगत रुपमा समाधान नभए थप निर्णयका आधारमा हुने बताइएको छ ।