नेपालले चारदेशीय टी-२० श्रृङ्खलाको फाइनलका लागि जित्नै पर्ने

चारदेशीय टी-२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दैछ। त्यहाँको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार ११:१५ बजे खेल शुरु हुनेछ।

अहिलेसम्म अपराजित रहेको नेपाल प्रतियोगिताको फाइनलमा स्थान बनाउने लक्ष्यमा छ। नेपालले पहिलो खेलमा ८ विकेटले कतारलाई हराएको थियो। दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो।

दुई खेलमा ४ अंकका साथ नेपाल तालिकाको शीर्ष स्थानमा छ। हङकङ र कुवेतले २/२ अंक हात पारेका छन्। जितविहीन कतारको शून्य अंक छ।

तालिकाको शीर्ष टोली फाइनलमा पुग्नेछन् भने तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। दुवै खेल आइतबार नै हुनेछ।