आइसिसी यू-१९ विश्वकप अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपालले ओमानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।
सोमबार माथिल्लो मुलपानी मैदानमा ओमानलाई हराएसँगै छनोटमा नेपालले लगातार दोस्रो जित निकाल्यो।
ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले २ विकेटको क्षतितमा १४.३ ओभरमा पूरा गर्यो।
नेपालका लागि साहिल पटेलले ४४ रन र निरजकुमार यादवले ४६ रन बनाए। यस्तै कप्तान नरेट भट्टले नटआउट १२ रन र सन्तोष यादवले नटआउट १० रन बनाए।
टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको हो।
ओमानका लागि जित ब्रजेश साहले ५२ रन जोडे। उनले ७८ बल खेलेर ६ चौका प्रहार गरे। सिद्धार्थ सौम्य सरकारले १६ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भए।