सुन प्रतिताेला १ लाख ८७ हजार रुपैयाँ

नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेर तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको हो । यसअघि हिजो मंगलबार सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।