तीन दिन पानी पर्ने संभावना

फाइल तस्बिर

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरि प्रसाद दाहालका अनुसार  बुधबारबाट देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ ।

अहिले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ ।

‘अबको दिन तीन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,’ मौसमविद् दाहालले भने, ‘अहिले मुसुरो, गहुँ लगायत बाली काट्ने समय छ । मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला ।’
मौसम विभागका अनुसार कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।