विश्व प्रेस स्वतन्त्रता दिवसमा बाँकेमा प्रभातफेरी


नेपाल पत्रकार महासंघ बाँकेले भाेलि शनिबार नेपालगन्जमा विविध कार्यक्रम गरेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछ ।

दिवसको अवसर पारेर शनिबार बिहान महासंघ बाँकेले नेपालगन्जमा प्रभातफेरी र नसर्ने रोग सम्बन्धि स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको शाखाका सचिव कृष्ण ओलीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार शुक्रबार बिहान प्रभातफेरी नेपालगन्जको न्यूरोडस्थित सेतु विक चोकदेखि सुरु भएर महासंघको कार्यालयमा पुगेर समापन हुनेछ ।

दिवसकै अवसरमा महासंघको कार्यालय परिसरमा शुक्रबार नै नसर्ने रोग सम्बन्धि स्वास्थ्य परीक्षण शिविरको आयोजना गरिएको शाखाका अध्यक्ष नवीन गिरीले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिकाको सहकार्य र शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर नेपालगन्जको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर हुने उनले बताए । स्वास्थ्य शिविर बिहान १० बजेसम्म सञ्चालन हुनेछ ।